ओमनले माग्यो नेपालबाट डाक्टर र नर्स

ओमनले माग्यो नेपालबाट डाक्टर र नर्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारत लगायतका अन्य देशहरुबाट डाक्टर र नर्स लैजाने गरेको ओमनले नेपालबाट पनि डाक्टर र नर्सलाई आफ्नो देशमा रोजगारी दिने भएको छ ।

ओमनस्थित नेपाली राजदुत शर्मिला ढकाल पराजुलीसँग भएको शिष्टाचार भेटमा ओमनका स्वास्थ्य मन्त्री डाक्टर अहमद विन मोहम्मद पवन अवाइड अल सादीले नेपालबाट पनि डाक्टर र नर्स लैजाने प्रस्ताव गरेका हुन् ।

भेटमा मन्त्री सादीले नेपाली डाक्टर र नर्र्स ओमनलाई चाहिएको भन्दै त्यसका लागि राजदुताबासले आवश्यक सहयोग गरिदिनुपर्ने बताए ।

साथै भेटमा मन्त्री सादीले नेपाल र ओमनसँग स्वास्थ्य क्षेत्रबाट पनि सम्बन्ध विस्तार गर्न आवश्यक रहेको बताएका छन् । ‘हामी देशका स्वास्थ्य र त्यसका प्रविधि साटासाट र अनुभव पनि आदानप्रदान गर्न सक्छौं,’ भेटमा मन्त्री सादी भने ।

जवाफमा राजदुत पराजुलीले जिटुजी मार्फत नेपाली डाक्टर र नर्सहरु ओमन ल्याउन सकिने बताइएकी थिइन् ।