काठमाण्डु – नेपालमा थप एक जनामा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले ९८ वर्षीय वृद्धमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिएकी हुन् ।
प्रवक्ता मिश्राले संक्रमित व्यक्ति अहिले होम आइसोलेसनमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् । योसँगै नेपालमा ओमिक्रोन संक्रमितको संख्या तीन पुगेको छ ।
यसअघि दुई जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको थियो । पछिल्लो समय ओमिक्रोन भेरियन्ट विश्वका सयभन्दा बढी देशहरूमा फैलिसकेको छ ।




प्रतिक्रिया