नेपालमा ओमिक्रोन भेटिएसँगै सीमा नाकामा कडाई, पीसीआर रिपोर्ट अनिवार्य

नेपालमा ओमिक्रोन भेटिएसँगै सीमा नाकामा कडाई, पीसीआर रिपोर्ट अनिवार्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि सीमा नाकामा कडाई गर्ने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पहिलोपटक कोरोनाको ओमिक्रोन भेरियन्ट पुष्टि गरेसँगै नेपालसँग सीमा जोडिएका क्षेत्रहरुमा कडाई गर्न थालिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले सिमानाकामा विशेष सतर्कता अपनाइएको बताउँदै प्रवेश गर्नुअघि अनिवार्य नेगेटिभ पीसीआर रिपोर्ट, लक्षण तथा चिन्हको जाँच गर्ने र सिमानाकाबाट भित्रिने सबैको एन्टिजेन परीक्षण गर्नेलगायतका काम थालिएको जानकारी दिए ।

‘सिमानाकामा विशेष सतर्कता अपनाइएको छ । नेपाल प्रवेश गर्नुअघि अनिवार्य नेगेटिभ पीसीआर रिपोर्ट, लक्षण तथा चिन्हको जाँच गर्ने र सिमानाकाबाट भित्रिने सबैको एन्टिजेन परीक्षण गर्ने, एन्टिजेन परीक्षणमा पोजेटिभ आएमा थप नमुना संकलन गरी पीसीआर परीक्षण गर्नेलगायतका काम थालिएको छ,’ उनले भने ।

५० सैय्याका अस्पतालहरूमा अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटरको व्यवस्था गरिएको तथा अक्सिजन प्लान्ट स्थापना गर्ने काम भइरहेको उनले बताए । संक्रमितहरूको सबै सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने सहप्रवक्ता अधिकारीले जानकारी दिए ।