नेपालमा पनि दुई जनामा ओमिक्रोन पुष्टि, स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक

नेपालमा पनि दुई जनामा ओमिक्रोन पुष्टि, स्वास्थ्य मन्त्रालयमा आकस्मिक बैठक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन दुई जनामा भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त भाइरस दुई जनामा भेटिएको हो ।

नेपालमा ओमिक्रोनका संक्रमित भेटिएपछिको अवस्थाबारे छलफल गर्न सोमबार दिउँसो स्वास्थ्य मन्त्रालयमा मन्त्रीस्तरीय बैठक बसेको स्रोतले जनाएको छ । दक्षिण अफ्रिकामा पहिलोपटक देखिएको ओमिक्रोन भेरियन्टको संक्रमण विश्वका विभिन्न देशमा फैलिरहेको छ ।

वैज्ञानीकहरुले पनि उक्त भाइरसले महामारीको रुपसमेत लिन सक्ने चेतावनी दिएका छन् ।