ओमिक्रोन थप फैलिन नदिन सम्बन्धित निकाय सतर्क रहनू : स्वास्थ्य मन्त्रालय

ओमिक्रोन थप फैलिन नदिन सम्बन्धित निकाय सतर्क रहनू : स्वास्थ्य मन्त्रालय


काठमाण्डु- पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका धेरै देशमा फैलिएको छ । ओमिक्रोन नेपालमा पनिथप फैलन नदिन भन्दै सबै जिल्ला, प्रदेश र स्थानीय तहलाई थप सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

पछिल्लो समय ओमिक्रोन नेपालमा पनि भित्रिएकाले सबै निकायले सर्तक अपनाउन र पूर्वतयारीका साथ रहन निर्देशन दिएको हो । सबै तहमा जनस्वास्थ्यको पालना गर्न, समुदायमा जोखिम क्षेत्रहरू पत्ता लगाई परीक्षण दायरा बढाउन, कोभिड पहिचान भएकाहरूको उचित व्यवस्थापन गर्न, सीमा नाकाहरूमा प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नलगायत निर्देशन दिएको स्वास्थ्य मन्त्रालयले जारी विज्ञप्तिमा उल्लेख छ ।