गृहमन्त्री अर्यालसँग विश्व हिन्दू महासंघका प्रतिनिधिको भेटवार्ता

गृहमन्त्री अर्यालसँग विश्व हिन्दू महासंघका प्रतिनिधिको भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विश्व हिन्दू महासंघका प्रतिनिधिले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटवार्ता गरेका छन् ।

बिहीबार गृह मन्त्रालयमा महासंघकी अध्यक्ष अस्मिता भण्डारी लगायतका प्रतिनिधिले गृहमन्त्रीलाई भेटेर धार्मिक क्षेत्रको शान्ति सुरक्षाबारे ध्यानाकर्षण गराएका हुन् ।

भेटमा गृहमन्त्री अर्यालले बहुसांस्कृतिक मुलुकमा कसैले अशान्ति फैलिने गतिविधि गरेमा कानून बमोजिम कारबाहीको दायरामा ल्याइने बताए । समाजमा धार्मिक आस्था र विश्वासलाई स्वीकार र सम्मान गर्दै सहिष्णुता कायम गर्न धार्मिक संघसंस्थाहरूको भूमिका महत्त्वपूर्ण हुने बताए ।

पछिल्लो समय धनुषा र पर्साको वीरगञ्जमा हिन्दू र मुस्लिम समुदायको बिचमा विवाद भएपछि सुरक्षा चुनौती थपिएको विश्लेषण गरिएको छ ।