गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस

गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा नियुक्तिका लागि सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

आईतबार बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रियसभा सदस्य पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एकतिहाइ सदस्यको पद रिक्त हुन्छ । यसरी रिक्त हुने पदमध्ये ३ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।

यसअघि वामपन्थी नेता वामदेव गौतम राष्ट्रिय सभामा मनोनित भएका थिए । उनको कार्यकाल फागुन २० गते सकिएपछि मनोनित कोटा रिक्त थियो ।