शान्ति सुरक्षा र निर्वाचनको तयारीबारे बुझ्न मधेश जाँदै गृहमन्त्री अर्याल

शान्ति सुरक्षा र निर्वाचनको तयारीबारे बुझ्न मधेश जाँदै गृहमन्त्री अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेश प्रदेशको भ्रमणमा जाने भएका छन् ।

मन्त्री अर्यालसँगै भ्रमण दलमा उद्योग र कानूनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि रहनेछन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनीहरू सोमबार जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।

सोमबार र मंगलबार गरी उनी २ दिन मधेशमा रहनेछन् । त्यस क्रममा उनले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नेछन् ।

उनी छठ पर्व सम्बन्धी कार्यक्रममा पनि सहभागी हुने जनाइएको छ ।