सरकारले व्यवसायीलाई रचनात्मक तरिकाले सुरक्षा दिन्छ : गृहमन्त्री अर्याल

सरकारले व्यवसायीलाई रचनात्मक तरिकाले सुरक्षा दिन्छ : गृहमन्त्री अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा आपराधिक तत्वहरूले प्रवेश पाएको र देशमा क्षति पुर्‍याएको बताएका छन् । त्यसलाई राज्यले सम्बोधन गरेको पनि उनले बताए ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.० कार्यक्रममा बोल्दै उनले ३८० जनालाई पक्राउ र १५० जनालाई विभिन्न मुद्दाहरू चलेको जानकारी दिँदै कानूनी राज्यको बहाली भइसकेको बताए ।

मन्त्री अर्यालले सरकारले उद्योगी व्यवसायीहरूको सुरक्षा पहिलेभन्दा अझ रचनात्मक रूपमा दिने दाबी गरे ।

उनले भने, ‘जेनजी आन्दोलनको क्रममा घुसपैठ भयो । त्यहाँ आपराधिक तत्वहरूले प्रवेश पाए र क्षति गरे तर त्यसलाई राज्यले सम्बोधन गरेको छ । ३८० जनालाई पक्राउ गरेको छ । १५० जनालाई विभिन्न मुद्दाहरू चलेको छ । त्यसैले कानूनी राज्यको बहाली भइसकेको छ । यसमा सरकार प्रतिबद्ध छ । उद्योगी व्यवसायीहरूको सुरक्षा सरकारले पहिलेभन्दा रचनात्मक रूपमा दिनेछ ।’

अब कुनै नेता र मन्त्रीलाई रिझाउनुपर्ने अवस्था नरहेको भन्दै उनले सुशासनको मामिलामा अब फरक ढंगले हेरिदिन आग्रह गरेका छन् ।