प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया सिफारिस

प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया सिफारिस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रदेश ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलिया सिफारिस भएका छन् ।
थपलियालाई बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले  मुख्य न्यायाधिवक्तामा नियुक्तिका लागि सिफारिस गरेका हुन् ।

यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संवैधानिक व्यावस्था छ ।

२०४८ देखि अधिवक्ताको रुपमा वकालत पेशामा क्रियाशील हुँदै आएका थपलिया दुई वर्षअघि वरिष्ठ अधिवक्ता बनेका हुन् ।