एजेन्सी – पठाओ (राइड सेयर) व्यवसायका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत फहिम सलेको हत्या अभियोगमा उनकै सहयोगी पक्राउ परेका छन् ।
गत सोमबार अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनको अपार्टमेन्टमा फहिमको शव क्षतविच्छेद भएको अवस्थामा भेटिएको थियो । बीबीसीका अनुसार फहिमको हत्या आरोपमा उनकै निजी सहयोगी २१ वर्षका टाइरेस ह्यासपिल पक्राउ परेका हुन् ।
हत्यापछि टाइरेसले फहिमको क्रेडिट कार्ड प्रयोग गरेको देखिएको प्रहरीको भनाइ छ । हाल यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फहिमले स्थापना गरेको पठाओ कम्पनी बंगलादेश, नाइजेरिया र नेपालमा निकै लोकप्रिय छ ।




प्रतिक्रिया