एकैदिन गर्भको बच्चा र पत्नी गुमाएँ, ‘मुटु चुडिएको’ जस्तो भयो

एकैदिन गर्भको बच्चा र पत्नी गुमाएँ, ‘मुटु चुडिएको’ जस्तो भयो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – विश्व महाममारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण अहिले भारतमा अक्सिजन अभावका कारण कैयौं मानिसहरुको मृत्यु भइरहेको छ ।

अहिले दिल्ली तथा अन्य ठाउंमा कोरोना सङ्क्रमणका कारण जटिल बिरामी भएका मानिसको संख्या ह्वात्तै बढेकाले अस्पतालहरू भार थेक्न नसक्ने अवस्थामा पुगेका छन् भने औषधि र मेडिकल अक्सिजनको पनि चर्को अभाव देखा परेको छ । नेपालमा पनि अहिले जटिल अवस्थाका बिरामीहरूको संख्या बढ्दै गएको र अस्पताल भर्ना भएका धेरैलाई अक्सिजन दिनुपरेका विवरणहरू आइरहेका छन्।

धेरै बिरामीहरूले उपचार नपाउने अवस्था देखिएको छ भने शोकाकुल परिवारले मृतकहरूको अन्तिम संस्कारका लागि पनि लामो पालो कुर्नुपरिरहेको छ। कोभिड–१९ का कारण आफ्नी गर्भवती पत्नी गुमाएका एक व्यक्ति आफ्नो “मुटु लुछिएको“ जस्तो भएको बताए।

भारतमा अहिले कोरोनाभाइरस महामारीले भयावह रूप लिएको छ। महामारीको दोस्रो लहर सुरु भएपछि भारतका अस्पताल र स्वास्थ्यसेवा प्रणालीमा गम्भीर सङ्कट उत्पन्न भएको हो ।