पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले एक लाख छ हजार नगदसहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ ।
पोखरा लेखनाथ महानगरपालिका–१२ माटेपानी बस्ने ५२ वर्षीय राज गुरुङको घरबाट शनिबार छ बुक ताससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका–११ रानीपौवाका ६२ वर्षीय नेत्रबहादुर गुरुङ, ५५ वर्षीय लक्ष्मण गुरुङ, ५५ वर्षीय गगन गुरुङ, पोखरा-१२ का ६२ वर्षीय कृष्णबहादुर गुरुङ, ५२ वर्षीय राज गुरुङ, ४८ वर्षीय लिहितकुमार गुरुङ, ६० वर्षीय मनबहादुर गुरुङ, वडा नं १३ भद्रकालीका ६५ वर्षीय तेजबहादुर गुरुङ र बाझापाटनका ६० वर्षीय रसबहादुर गुरुङ छन् । शनिबार पक्राउ परेका सबैलाई थुनामा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया