एक सातामा अल सबाबका तीन सयभन्दा बढी लडाका मारिए

एक सातामा अल सबाबका तीन सयभन्दा बढी लडाका मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – सोमालियामा यहाँको सेनाले यहाँका विद्रोही अल सबाबका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा एक सातामा कम्तीमा पनि तीन सय जना लडाका मारिएका छन् ।

यहाँका सैन्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार यहाँ गएको एक हप्तायता जारी राखेको कारबाहीका क्रममा ती सेना मारिएका हुन् । मारिनेमा दुई जना अल सबाब सशस्त्र समूहका दुई जना कमाण्डर पनि रहेका छन् ।

देशव्यापी रुपमा गरिएको कारबाहीमा उनीहरु मारिएका यहाँका एक सैन्य अधिकारीले जानकारी दिएका छन् ।बुधबार यहाँको सरकारले आयोजना गरेको एक पत्रकार सम्मेलनमा सोमाली सरकारका सूचना मन्त्री दाउद अवेस जामाले पनि सो कुराको पुष्टि गरेका छन् ।

उनले सो कारबाहीका क्रममा अल सबाब सशस्त्र समूहका तीन सय २३ जना लडाकाहरुको ज्यान गएको र अरु कैयौँ घाइते भएका जानकारी दिए ।उनले यहाँको सेनाले अल सबाबका लडाकाहरुका विरुद्धमा विशेष प्रतिरक्षात्मक कारबाही सुरु गरेको र यो कारबाही अझै केही दिन रहने पनि बताएका थिए।