अनलाइन पत्रकारहरुको निःशुल्क कोरोना बीमा

अनलाइन पत्रकारहरुको निःशुल्क कोरोना बीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– अनलाइन पत्रकार संघमा आवद्ध सबै पत्रकारहरुको १ लाख रुपैयाँ बिमाङ्क बराबरको कोरोना बीमा गरिएको छ । अभिव्यक्ति स्वतन्त्रता, सुचनाको हकलगायत पत्रकारिताका क्षेत्रमा सक्रिय संस्था फ्रिडम फोरमको आर्थिक सहयोगमा कोरोना बीमा भएको हो ।

यो बीमा कार्यक्रमका लागि संघका सदस्यहरुले बीमाशुल्क तिर्नुपर्नेे छैन । अनलाइन पत्रकार संघ र फ्रिडम फोरमको सहकार्यमा फोरमले बीमा शुल्क तिरेर बीमा कम्पनी शिखर इन्स्योरेन्समा बीमा गराइएको हो ।

अहिले नेपाली पत्रकारिताको मूलधारको रुपमा स्थापित भइसकेको अनलाइन पत्रकारितमा संलग्न पत्रकारहरु समाचार संकलन, सम्पादन, प्रकाशन तथा प्रसारण जस्ता कार्यका लागि कार्यस्थलमा खटिनु पर्ने र कोरोना भाइरस (कोभिड १९) संक्रमणको उच्च जोखिम क्षेत्रमा रहेर समेत काम गर्नुपर्ने अवस्थाका कारण कोरोना बीमाले श्रमजिवी पत्रकारलाई केही राहत मिल्ने विश्वास संघ र फोरमले लिएका छन् ।