काठमाण्डु– बूढानीलकण्ठबाट प्रहरीले अनलाइन जुवा खेलाएको आरोपमा २४ जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर २४ भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा अपराध अनुसन्धान कार्यालयको इन्टेलिजेन्स शाखा प्रमुख डीएसपी रोशन खड्काको कमाण्डमा खटिएको टोलीले छापा मारेको थियो ।
प्रहरीले उनीहरुको साथबाट २१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरेको छ भने १ अर्ब ६४ करोड ३९ लाखको कारोबार गरेको पाइएको छ ।
स्काई एक्सचेन्ज वेबसाइटमार्फत उनीहरूले अनलाइन गेम तथा जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया