दुई देशको बीचमा हुनु अवसर हो, बिआरआईबाट नेपालले पाउने फाइदा स्पष्ट हुनुपर्छ : पुर्व सभामुख घर्ती

दुई देशको बीचमा हुनु अवसर हो, बिआरआईबाट नेपालले पाउने फाइदा स्पष्ट हुनुपर्छ : पुर्व सभामुख घर्ती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पुर्व सभामुख ओनसरी घर्तिले चीन र भारतको बीचमा नेपाल हुनुलाई अवसरको रुपमा लिनुपर्ने बताएकी छन् । संसदमा सरकारले प्रस्तुत गरेको निती तथा कार्यक्रममाथी बुधवार आफ्नो धारणा राख्दै उनले देशको भूराजनीतिक अवस्थितीलाई कमजोरीको रुपमा नलिई अवसरका रुपमा लिनुपर्ने बताएकी हुन् ।

उनले त्रिदेशीय साझेदारी र छिमेकी मुलुक चीनको ‘ड्रिम पोजेक्ट’ का रुपमा रहेको ‘वान बेल्ट वान रोड’बाट नेपालले पाउने फाइदाका विषयमा भने स्पष्ट हुनुपर्ने धारणा राखेकी छन् । ‘वान बेल्ट वान रोड’ लाई चीनले आफ्नो नितीको मुख्य हिस्साका रुपमा अघि बढाएको छ । नेपालले पनि त्यसमा सहभागी हुने भन्दै हस्ताक्षर गरिसकेको छ ।

नेपाल कम्युनिष्ट पार्टीकी प्रभावशाली नेतृ समेत रहेकी घर्तीले शान्ति प्रक्रियाका गहन जिम्मेवारीहरु अझै पुरा नभएको बताईन । देशमा फेरी द्धन्द्ध नहोस भन्ने अवस्था सिर्जना गर्न नीति तथा कार्यक्रम प्रष्ट हुन जरुरी रहेको बताईन ।

घर्तीले संसदमा सम्बोधन गर्दै भनिन् ‘ आर्थिक समृद्धिको मेरुदण्ड मानिएको जलश्रोतको अधिकत्तम उपयोग गरि १० वर्षभित्र १५ हजार मेगावाट बिद्युत उत्पादन गर्ने कुरा होस् वा कृषी, वन तथा खानीजन्य उद्योगलाई प्रोत्साहन गर्ने कुराले सरकारको प्राथामिकता स्पस्ट गरेको छ । ’

पुर्व सभामुख घर्तीले मेची महाकाली, काठमाडौं विरगंज, रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निमार्ण गर्ने जस्ता कुराले जनताको विकासको आकांक्षा सम्बोधन गरेको दाबी गरिन् ।