६ महिनादेखि बन्द रसुवागढी नाका खुल्यो

६ महिनादेखि बन्द रसुवागढी नाका खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा – कोरोना भाइरसका कारण बन्द रहेको रसुवागढी नाका सञ्चालनमा आएको छ । ६ महिनासम्म बन्द रहेको नेपाल–चीन रसुवागढी नाका सोमबारबाट एकतर्फी सञ्चालनमा आएको हो ।

चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए ।

चीनबाट नेपालमा सामान आउने तर, नेपालबाट चीनमा कुनै पनि सामान नजाने हिसावले दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी बनेपछि नाका खुलेको हो ।