अपरेसन सिन्दूरले पाकिस्तामा आतंकवादी मुख्यालय ध्वस्त भएको भारतको दाबी

अपरेसन सिन्दूरले पाकिस्तामा आतंकवादी मुख्यालय ध्वस्त भएको भारतको दाबी

४० हजार करोडको ड्रोन, गोला र बारुद किन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतले ‘अपरेसन सिन्दूर’ नामक सैन्य अभियानबाट पाकिस्तामा रहेको आतंकवादीहरूको मुख्यालय ध्वस्त भएको दाबी गरेका छ।

भारतका गृह तथा सहकारी मन्त्री अमित शाहले नरेन्द्र मोदी प्रधानमन्त्री बनेदेखि पाकिस्तानविरुद्ध तीनवटा आक्रमण भएको र उनले तीनैवटा आतंकवादी आक्रमणको उचित जवाफ दिएका बताएका छन्। ‘उरीलाई सर्जिकल स्ट्राइकले ध्वस्त पारेको थियो, पुलवामालाई हवाई आक्रमणले ध्वस्त पारेको थियो भने अहिले पाकिस्तानी मुख्यालयलाई ‘अपरेसन सिन्दूर’ले ध्वस्त पारेको छ’, मन्त्री शाहले दाबी गरे ।

गृहमन्त्री शाहले भारतीय सेनाले पाकिस्तानभित्र १०० किलोमिटर भित्र प्रवेश गरेर १०० भन्दा बढी आतंककारीलाई मारेको पनि दाबी गरे।

पाकिस्तानले कच्छदेखि कश्मीरसम्म आक्रमण गर्ने दुस्साहस गरेको बताउँदै उनले त्यसलाई भारतीय सेनाले विफल पारेको जिकिर गरे।

‘भारतमा एउटा पनि मिसाइल खसेको छैन। हाम्रो सेनाले पाकिस्तानी एयरबेस पनि ध्वस्त पार्‍यो। हाम्रो सेनाले पहलगाम आक्रमणको बदला लिँदै जैश ए मोहम्मद र लश्कर ए तैयबाको मुख्यालयलाई उडाइदियो’, उनले भने ।

यसबीच पाकिस्तानविरुद्ध चलिरहेको ‘अपरेसन सिन्दूर’का बीच भारतका रक्षा बलले हतियार र गोला बारुद किन्न लगभग ४०,००० करोड रुपैयाँ खर्च गर्ने भएका छन्।

भारतीय सञ्चामाध्यमका अनुसार भारतीय सेनाले आपतकालीन शक्ति अन्तर्गत निगरानी ड्रोन, अत्याधुनिक घातक ड्रोन, लामो दूरीको प्रहार हतियार, तोपखानाका लागि गोला बारुद, विभिन्न प्रकारका वायु रक्षा प्रणाली र मिसाइल र रकेट जस्ता उपकरण खरिदमा ध्यान केन्द्रित गरिरहेको छ।

रक्षा अधिकारीहरूका अनुसार रक्षा अधिग्रहण परिषद्ले आफ्नो हालैको बैठकमा आपतकालीन अधिकारअन्तर्गत अधिग्रहण अनुमोदन गरेको हो।