अपरेशन सिन्दूर : भारतमा हाई अलर्ट

अपरेशन सिन्दूर : भारतमा हाई अलर्ट

भारतसँग बदला लिने पाकिस्तानले दियो चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतले पाकिस्तानविरुद्ध अपरेशन सिन्दूर नामक सैन्य आक्रमण गरेपछि वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ । जम्मू–कश्मीरको सीमा रेखाछेउको गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जना मारिएको र ५० बढी घाइते भएको घटनालगत्तै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्ट जारी गरेको हो ।

पाकिस्तानले जवाफी कारबाही थालेसँगै सीमा रेखा नजिकैको अग्रिम गाउँलाई निशाना बनाएर पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बमबारीमा चार बच्चा र एक सैनिकसहित १३ जनाको मृत्यु भएको छ ।

पाकिस्तानले जवाफी कारवाही बढाउन सक्ने सम्भावनालाई आँकलन गर्दै तीन तिरैबाट हाई अलर्ट रहनु परेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । उता, पाकिस्ताले पहलगाममा भएको हत्यापछि पाकिस्तानलाई भारतीय आक्रमणको जवाफ दिएको प्रतिक्रिया दिएका छन् ।

भारतले बुधबार राती गरेको क्षेप्यास्त्रसहितको हवाई आक्रमण हालै पहलगाममा भारतीय पर्यटकको क्रूरतापूर्वक गरेको आमहत्याको जवाफ भएको बताइरहँदा इस्लामावादले भने त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

यसबीच भारतले आफ्नो देशमा गरेको हवाई आक्रमणलाई पाकिस्तानले ‘युद्धको कार्य’ भनेको छ । पाकिस्तानले भारतसँग बदला लिने दाबी समेत गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले पाकिस्तानको संसद्मा भारतले कायरतापूर्ण आक्रमण गरेको बताएका छन् । अप्रिल २२ मा पहलगाममा भएको आक्रमणमा पाकिस्तानको कुनै सम्बन्ध नरहेको उनले फेरि दाबी गरे ।

उनले भारतको कारबाहीमा पाकिस्तानले जित हासिल गरेको पनि जिकिर गरे । यस आक्रमणको जवाफमा पाकिस्तानले कारबाही गर्दा ५ वटा भारतीय लडाकु विमान खसालेको उनको भना छ ।

यी पाँच विमानहरूमध्ये ३ वटा राफेल विमान रहेको उनले दाबी गरे । ‘यसले प्रमाणित गर्छ कि पाकिस्तान शत्रुको विमानलाई समुद्रमा खसाल्न पूर्ण रूपमा तयार छ । पाकिस्तानका तीनै सेनाले धेरै दिनदेखि तयारी गरिरहेका थिए, जसका कारण उनीहरूले भारतीय विमानहरूलाई खसाल्न सफल भए,’ उनले भने ।

यसैबिच, पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले बुधबारको आक्रमणमा भारतले धेरै क्षति बेहोरेको दाबी गरेका छन् । उनले भने, ‘यो नोक्सानबाट मुक्त हुन, उसले आज फेरि आक्रमण गर्न सक्छ ।’
यसबीच जम्मू–कश्मीरको पुंछ सेक्टरमा पाकिस्तानी सेनाले गरेको गोली प्रहारबाट भारतीय सेनाका एक जवानको मृत्यु भएको छ ।

बिहीबार बिहान भएको घटनामा दिनेशकुमार शर्मा रहेको भारतीय सेनाले बताएको छ । मृतक प्रहरी जवान शर्मा हरियाणा निवासी रहेको बताइएको छ ।