सम्पादकहरूसँग विपक्षी गठबन्धनको अन्तरक्रिया : कसले के भने ?

सम्पादकहरूसँग विपक्षी गठबन्धनको अन्तरक्रिया : कसले के भने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विपक्षी पाँच राजनीतिक दलले लोकतन्त्र रक्षाका लागि संवैधानिक र राजनीतिक आन्दोलन जारी गर्ने बताएका छन् । बिहीबार काठमाण्डुमा सम्पादकहरुसँगको अन्तरक्रियामा उनीहरुले सो बताएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा गरिएको संसद विघटनले मुलुक संकटमा परेको आरोप लगाए । उनले सरकारले अध्यादेशमार्फत निरंशुकता लाद्न खोजेकाले आफूहरूले सडक आन्दोलन सुरु गरेको बताए ।

संविधान सभाले निर्माण गरी जारी नेपालको संविधान आज प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अहंकार र स्वेच्छाचारी निर्णय र कामका कारण संकटमा रहेको देउवाको टिप्पणी रहेको छ ।

त्यस्तै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले गल्ती सच्याएर आए आफूहरु स्वागत गर्न तयार रहेको बताए । उनले नेपालले ओलीलाई कोर्स करेक्सन गर्न आह्वान गरेका हुन् । ओलीले संविधान मिच्ने काम गरेकाले विपक्षी गठबन्धनले संघर्ष गर्नुपरेको उनको भनाई छ ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बहुमत सांसदले हस्ताक्षर गरेपछि पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगर्नुले राष्ट्रपति भण्डारीको भूमिका शंकास्पद रहेको बताए । ‘कि मलाई केपी ओली नै प्रधानमन्त्री चाहिन्छ भन्नुप¥यो, होइन भने बहुमत सांसदको हस्ताक्षरपछि पनि देउवाजीलाई प्रधानमन्त्री नबनाउनुपर्ने कुनै कारण छैन । राष्ट्रपतिको भूमिका शंकास्पद छ,’ विपक्षी गठबन्धनले बिहीवार काठमाण्डुमा आयोजना गरेको सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा यादवले भने ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले अहिलेको प्रतिनिधिसभा विघटन फरक खालको भएको र विघटनका पछाडि विदेशी शक्तिको हात रहेको उनले दाबी गरे ।