भोलि नै देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने विपक्षी गठबन्धनको निर्णय

भोलि नै देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने विपक्षी गठबन्धनको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउने निर्णय गरेको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि बसेको विपक्षी गठबन्धनको बैठकले देउवालाई प्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

ज्सपाका नेता डा. बाबुराम भट्टराईले सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेसंगै बसेको गठबन्धनको बैठकले संयुक्त सरकार बनाउने निर्णय गरेको जानकारी दिए ।

उनले सर्वोच्चको आदेशले प्रतिगमनकारी हर्कतलाई रोक्ने र देशलाई अग्रगमनको दिशामा लैजाने काम गरेको प्रतिक्रिया दिए । अब सर्वोच्चको फैसला अनुसार भोली नै देउवाको नेतृत्वमा संयुक्त गठबन्धन सरकार बनाउने पाँच राजनीतिक दलको तयारी छ ।

गठबन्धनको बैठकले तत्त्काल सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समेत निर्णय गरेको छ ।