ओलीको कदमले राष्ट्र गम्भीर संकटतर्फ धकेलियो : विपक्षी गठबन्धन

ओलीको कदमले राष्ट्र गम्भीर संकटतर्फ धकेलियो : विपक्षी गठबन्धन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पाँच विपक्षी राजनीतिक दलहरुले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको निष्कर्ष निकालेका छन् ।

विपक्षी गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी प्रधानमन्त्री केपी शर्मा ओलीको अलोकतान्त्रिक कदमले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका हुन् ।

उनीहरुले  ओली नेतृत्वको सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने गरेको आरोप लगाएका छन् ।

संसद विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंग लगायत राज्यका निकायहरुको दुरुपयोग, राजनीतिक दलहरुमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कुटनीतिमा विचलन र असन्तुलन तथा कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा दिन सरकार असफल भएको गठबन्धनको निष्कर्ष छ ।