राज्यका निकायलाई विपक्षी गठबन्धनले भन्योः सरकारका अलोकतान्त्रिक काममा सहयोगी नहुनू

राज्यका निकायलाई विपक्षी गठबन्धनले भन्योः सरकारका अलोकतान्त्रिक काममा सहयोगी नहुनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – विपक्षी गठबन्धनले सरकारका संविधान विरोधी कामको सहयोगी नबन्न राज्यका अंगहरुलाई आग्रह गरेको छ ।

आइतबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, माधव नेपाल र राजमो नेपालकी दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका अलोकतान्तिक काममा सहयोगी नबन्न आग्रह गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं ।’

साथै देश र जनतालाई दीर्घकालीन रुपमा असर गर्ने खालका कुनै पनि निर्णय नगर्न सरकारलाई चेतावनी दिएका छन् ।