काठमाण्डु – जेन जी पुस्ताको प्रदर्शनमा व्यापक हिंसा भएपछि नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको संयुक्त बैठक बोलाएको छ ।
जेनजी युवाले सरकारविरुद्ध सोमबार गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान साढे ८ बजे विपक्षी दलहरुको बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्ने छ ।
बैठकमा देशको पछिल्लो अवस्था, जेनजी युवाको आन्दोलन र विपक्षी दलका आगामी कार्यक्रमबारे छलफल हुनेछ ।
तर उक्त बैठकमा विपक्षी दल रास्वपाले सहभागी नहुने जनाएको छ । रास्वपा प्रवक्ता मनिष झाले आफूहरू माओवादी केन्द्रले बोलाएको बैठकमा सहभागी नहुने बताए ।
प्रवक्ता मनिष झाले भने, ‘आजको गम्भीर र असामान्य अवस्थामा हाम्रो प्राथमिकता कर्मकाण्डभन्दा पार्टीभित्रै सार्थक आन्तरिक छलफलमा जुट्नु र हिजोको दमनमा परेका पिडितहरूसँग उभिनु हो।’ उनले पार्टीका लागि अहिले यस्तो बैठक महत्वपूर्ण नरहेको पनि बताए ।




प्रतिक्रिया