विपक्षी दलहरूको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग

विपक्षी दलहरूको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरूले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गरेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले जेनजी प्रदर्शनमा दमन गरेको भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग गरेको छ।

बैठकपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले गणतन्त्रकै कलंकको रुपमा घटना भएको भन्दै सरकारको रवैया स्वीकार्य नहुने भन्दै प्रधानमन्त्री ओलीको राजीनामा माग्ने धारणा बनाएको बताए।

पुनले भने, ‘सरकारले युवाहरूको आक्रोशलाई बुझ्न सकेन, सम्बोधन गर्न चाहेन, जसको परिणाम यो भएको हो । उनीहरूको माग जायज छ, प्रतिपक्षीको तर्फबाट संवाद गरेर निकास दिन प्रतिबद्ध छौँ ।’

युवाहरूको स्वतःस्फूर्त आन्दोलनलाई कुनै पनि पार्टीले आफ्नो स्वार्थमा प्रयोग गर्नु बेठिक हुने उनले बताए । ‘सरकारबाटै ठुलो नरसंहार भएको छ । आयोग गठन गरी सत्यतथ्य छानबिन गरी दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न पनि बैठकले माग गरेको छ’, उनले भने ।