यस्ता छन् सुन्तला खानुका फाइदा र बेफाइदा


एजेन्सी – चिसो मौसममा घाम ताप्दै सुन्तला खानुको आनन्द तपाईहरु सबैले लिनुभएकै होला । सुन्तला खाँदा जति रसिलो हुन्छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ ।

सुन्तलामा पोटाशियम, भिटामिन सी, फ्लेबोनोइड्स र फाइबर जस्ता तत्वहरु पाइन्छ । सुन्तला मुटुलाई स्वस्थ्य राख्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि फाइदाजनक हुन्छ ।

नेपालको पहाडी भेगमा प्रसस्त मात्रामा उत्पादन हुने सुन्तला मुटुरोग, क्यान्सर जस्ता रोगका बिरामीका लागि उपयोगी हुन्छ भने पेटसम्बन्धी समस्या, हड्डीसम्बन्धी समस्या, तौल बढ्ने जस्ता रोगका लागि बेफाइदा पनि हुन्छ ।

सुन्तला सेवनका फाइदाः
उच्च रक्तचाप:  सुन्तलामा पाइने ‘हेस्परिडिन’ भन्ने तत्वले उच्च रक्तचाप हटाउन सहयोग गर्छ ।

रोग प्रतिरोधात्मक क्षमता: सुन्तलामा प्रसस्त मात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।

छालाको सुन्दरता: सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई सुन्दर राख्न मद्दत गर्छ ।

कोलेस्टेरोल: सुन्तलामा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ । तसर्थ, उच्च कोलेस्टेरोल भएका भएका बिरामीले सुन्तला खानु फाइदाजनक मानिन्छ ।

क्यान्सर: सुन्तलामा पाइने ‘डी–लिमोनेन’ भन्ने तत्वले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्छ ।
स्वस्थ मुटु: सुन्तलामा प्रसस्त मात्रामा पोटासियम हुने भएकाले मुटुलाई स्वस्थ राख्न र सहज ढंगले काम गर्न सहयोग पु¥याउँछ ।

सुन्तला सेवनका बेफाइदाः

हाडजोर्नी सम्बन्धी समस्या
सुन्तला भिटामिन सीको प्रमुख स्रोत हो । यसले चिसोमा रुघाखोकीबाट बचाउँछ । तर यसमा भारी मात्रामा हुने भिटामिन सीले शरीरमा क्याल्शियमलाई असर पुर्याउँछ । जसले हाडजोर्नी सम्बन्धी समस्याहरु पैदा गर्न सक्छ ।

रगतमा चिनीको मात्रा बढ्छ
बिहान खाली पेटमा सुन्तलाको जुस पिउँदा रगतमा चिनीको मात्रा बढ्छ ।

पेटसम्बन्धी समस्या
भिटामिन सीबाहेक सुन्तलामा फाइबर भारी मात्रामा हुन्छ । धेरै फाइबर खाँदा पेटमा समस्या आउँछ ।

 तौल बढ्ने
भिटामिन सीले शरीरमा मेटाबोलिज्मलाई स्वस्थ बनाएर राख्छ । तर भिटामिन सीको मात्रा धेरै खाँदा मेटाबोलिज्मलाई बिगार्न पनि सक्छ । जसले तौल बढ्ने समस्या बढ्छ ।

एसिड रिफ्लेक्सको चिन्ता
खाली पेटमा सुन्तला खानुहुँदैन । खाली पेटमा सुन्तला खाँदा एसिड बढ्ने र दिनभर ग्यास, छात्ती पोल्ने, मुड खराब हुने, डकार आउने समस्या आउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement