एजेन्सी – इतिहासमै पहिलो पटक गैर अंग्रेजी भाषाको चलचित्रले ओस्कार अवार्डमा उत्कृष्ट चलचित्रको उपाधि जितेको छ । दक्षिण कोरियाली चलचित्र ‘प्यारासाइट’ले अवार्डको ९२ वर्षको इतिहासमा मी विदेशी भाषाको चलचित्रले यो उत्कृष्ट चलचित्रको अवार्ड जितेको हो ।
क्त चलचित्रले छिँडीमा बस्ने गरीब परिवार र भव्य महलमा बस्ने धनी परिवारबीचको भेद दर्शाउँदै सामाजिक व्यवस्थामाथि व्यङ्ग्य गरेको छ । चलचित्रको निर्देशन बङ जुन होले गरेका हुन् ।
उत्कृष्ट अभिनेत्रीतर्फ ‘जुडी’ चलचित्रकी अभिनेत्री रेनी जेलवेगरले अवार्ड जितिन् भने ‘जोकर’बाट जोआक्विन फिनिक्सले उत्कृष्ट अभिनेताको उपाधि जित्न सफल भए ।
उत्कृष्ट सहायक भूमिकाको अवार्ड पुरुषतर्फ ’वन्स अपन अ टाइम इन हलिउड’का लागि ब्राड पिट र महिलातर्फ ‘म्यारिज स्टोरी’बाट लाउरा डेर्नले पाए । ‘प्यारासाइट’ले उत्कृष्ट चलचित्र र पटकथासहित कूल चार अवार्ड जित्न सफल भयो भने ‘१९१७’ ले तीन अवार्ड हात पार्यो ।




प्रतिक्रिया