पंजाव – प्रगतिशील नेपाली समाज भारत पंजाब राज्य समितिद्वारा तिज विशेष साँस्कृतिक कार्यक्रम समापन भएको छ । समाजबादी पार्टी नेपालको भातृ संगठन प्रगतिशील नेपाली समाज भारत पंजाब राज्यका अध्यक्ष राजेश सोनिको अध्यक्षता र सोही संगठनका पंजाब राज्य इन्चार्ज प्रेम घतानेको विषेश पहलमा कार्यक्रम समापन भएको हो ।
कार्यक्रममा उपाध्यक्ष मीन बि क सचिव मित्र पौडेल,कोषाध्यक्ष नेत्र पान्डे महिला अध्यक्ष सुश्मा सुनार पृतम मगर अनिल क्षेत्री सेर बहादुर पंचकुला अध्यक्ष विनोद शर्मा, चन्डिगद अध्यक्ष मिलन सिङ पंजाब राज्य विज्ञ परिषद सदस्य बिस्नु शर्मा सुनिता जैसीको उपस्थिति रहेको थियो ।
तिज विशेषमा कलाकरहरुले आफ्नो प्रस्तुति देखाएका थिए । कलाकारहरु बिरेन बि। सि पुजन घिमिरे मोडल सन्ध्या लगायत कलाकार सानूहरुले उपस्थितिरहेको थियो । साथै संगठनले भारतका सबै राज्यहरुमा कार्यक्रम आयोजना गरेको थियो ।




प्रतिक्रिया