एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसविरुद्धको भ्याक्सिनमा सफलता प्राप्त गरेकोमा अक्सफेर्ड विश्वविद्यालयलाई बधाई दिएको छ ।
तर, महामारीको रुप लिइरहेको संक्रमणबाट लड्न अझै धेरै काम गर्न बाँकी रहेको डब्ल्यूएचओले जनाएको छ ।
डब्लूएचओका आपतकालीन कार्यक्रमका निर्देशक डा. माइक रायनले कोरोनाविरुद्ध खोप बनाइरहेको अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकलाई बधाई दिँदै अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् ।
‘कोरोनाको भ्याक्सिन निर्माण हुनु सकारात्मक परिणाम हो, तर अझै लामो बाटो पार गर्न बाँकी छ’, उनले भने ‘उपचार खोज्ने क्रममा धेरैवटा खोप निर्माण भइरहनु राम्रो कुरा हो ।’
डब्लूएचओका महानिर्देशक डा. टेड्रोसल एडहानम गेब्रियससले सफल खोप सबैले प्राप्त गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले भने, ‘जबसम्म यसमा आम सहमति हुँदैन, तबसम्म जोसँग पैसा हुन्छ, उसले मात्र खोप पाउने र अन्यले नपाउने अवस्था आउँछ ।’
अक्सफोर्ड युनिभर्सिटीले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा सफलता हासिल गरेको जनाएको छ ।
११ हजार भन्द्या बढी मानिसहरुमा गरिएको दोस्रो चरणको परीक्षणमा भ्याक्सिनले शरीरमा कोरोना भाइरसबिरुद्धको एन्टीबोडी तथा टि सेल्स बनाउन सफल भएको जनाइएको छ ।
बेलायतले एक अरब डोज निर्माण गर्न अक्सफोर्ड युनिभर्सिटी तथा खोप निर्माता कम्पनीसंग अर्डर गरिसकेको छ ।
यो खोप मान्छेलाई असर नगर्ने तर चिम्पान्जीलाई संक्रमण गराउने भाइरससंग आनुबंशिक मिश्रणद्वारा तयार गरिएको अक्सफोर्ड युनिभर्सिटीले खोप निर्माणको पहिलो चरणमा बताएको थियो । यो खोपलाई कोरोना भाइरसको स्पाइक प्रोटिनलाई निष्क्रिय बनाउने विश्वास गरिएको छ ।




प्रतिक्रिया