काठमाण्डु – कोरोना भाइरसको संक्रमणदर तिव्ररुपमा फैलिएसँगै सरकारले संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सिलिण्डर थप गर्ने भएको छ । सरकारले तीनबाट २० हजार थान अक्सिजन सिलिण्डर ल्याउन लागेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अधिकांश संक्रमितलाई अक्सिजनको आवश्यकता पर्ने भएकाले चीनबाट २० हजार थान सिलिण्डर ल्याउन लागिएको बताएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले २० हजार सिलिण्डर केहीदिनभित्रै ल्याइने जानकारी दिए । उनकाअनुसार १८ हजार स्थलमार्ग र दुई हजार सिलिण्डर हवाई मार्गमार्फत ल्याइने छ ।
मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले ५० हजार सिलिन्डर बाहिरी मुलुकबाट खरिद गर्ने निर्णय गरिसकेको छ । बैठकले ‘फास्ट ट्रयाक’ मार्फत सिलिण्डर ल्याउने निर्णय गरेको हो ।




प्रतिक्रिया