काठमाण्डु – सरकारले अक्सिजन प्लान्ट निर्माणका लागि उद्योगीहरुलाई सहुलियत दिने निर्णय गरेको छ ।
आइतबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण समिति (सीसीएमसी)को बैठकले देशभित्रका अक्सिजन उद्योगलाई पूर्ण क्षमतामा चलाउनका लागि उद्योगीहरुलाई सहुलियत दिने निर्णय गरेको हो ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अक्सिजन उत्पादन बढाउन अक्सिजन उद्योगलाई फूल क्यापासिटीमा चलाउने निर्णय भएको जानकारी दिए ।
‘उत्पादन कमी छ । उत्पादन बढाउन फूल क्यापासिटीमा चलाउने त्यसका लागि उद्योगीहरुलाई सहयोग गर्ने निर्णय भएको छ । त्यसका लागि विद्युत डिमान्ड चार्जलगायतका कुराहरुमा छुट दिने निर्णय भएको छ’, उनले भने ।
त्यस्तै बैठकले अत्यावश्यक सामाग्री अक्सिजन प्लान्ट, सिन्डिर, खोप तत्काल आपूर्तिका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको उनले बताए । त्यसका लागि कानूनी प्रक्रिया फकाुउँदै जाने निर्णय भएको बताए ।
भारतबाट लिक्विड अक्सिजन ल्याउन थप कूटनीतिक पहल गर्ने निर्णय भएको मन्त्री ज्ञवालीले जानकारी दिए । उनले सिलिन्डरहरुको अभाव रहेको भन्दै चाँडै नै सिलिन्डरको अभाव पूर्ति हुने जानकारी दिए ।
कोरोना संक्रमण नियन्त्रणका लागि कानूनी प्रावधानहरुको अभाव रहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । उनले आजको बैठकमा संक्रामक रोग ऐन २०२० मात्र पूर्ण नभएको भन्दै त्यसविषयमा तयारी गर्न कानून मन्त्रालय र अन्य निकायहरुलाई निर्देशन दिइएको जानकारी दिए ।




प्रतिक्रिया