काठमाण्डु – नेपाल वायुसेवा निगमले हरेक दिन चीनबाट हरेक ५५० थान अक्सिजन सिलिन्डर ल्याउने भएको छ ।
प्रबन्धक निर्देशक डिमप्रकाश पौडेलले चीनको राजधानी बेइजिङमा प्रत्येक दिन उत्पादन हुने ५५० थान अक्सिजन सिलिन्डर लिन नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान भर्ने जानकारी दिए ।
त्यस्तै गत शनिबार साँझ बेईजिङमा संकलन भएको करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्शा सामाग्री लिन जहाज पठाउने तयारी भएको पनि उनले बताए ।
साथै गैरआवासिय नेपाली संघ (सोसियल क्लब) ओमनको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिव ६०० थान अक्सिजन सिलिन्डर लिन आगामी शनिवार वायुसेवाको विमान ओमानको राजधानी मस्कट जाने प्रबन्धक निर्देशक पौडेलले जानकारी दिए ।
उनले अन्य देशमा उपलब्ध हुन सक्ने स्वास्थ्य सामानहरु ल्याउन निगमका सबै जहाजहरु तयारी अवस्थामा राखिएको पनि बताए । उनले आगामी १०/१२ दिनमा अक्सिजनको समस्या समाधान हुने पनि विश्वास व्यक्त गरेका छन् ।




प्रतिक्रिया