काठमाण्डु – दाङको तुलसीपुर उपमहानगरपालिका भित्रका कोरोना संक्रमितले निःशुल्क अक्सिजन सिलिन्डर पाउने भएका छन् ।
बिरामीको अवस्थाको आँकलन गरेर आवश्यकताअनुसार घरसम्म निःशुल्क अक्सिजन पुर्याइने उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेले बताए ।
त्यसका लागि वडाध्यक्ष र सम्बन्धित वडाको स्वास्थ्य संस्था वा कोभिड प्रतिकार्य समूहको प्रतिनिधिले अक्सिजनको आवश्यकता छ भनि सिफारिस गर्नुपर्ने छ ।
अक्सिजनको खालि सिलिन्डर भने फिर्ता गर्ने सुनिश्चितता बिरामीको आफन्तले गर्नुपर्ने बताइएको छ ।




प्रतिक्रिया