काठमाण्डु- महिला प्रहरीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले पदबाट राजीनामा दिएका छन्।
उनको राजीनामा स्वीकृतिका लागि गृह मन्त्रालयमा पठाइएको हो । महिला प्रहरी हवल्दारमाथि जेठ १९ गते यौन दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको थियो। उनीमाथि आरोप लागेपछि प्रहरीले छानबिन समितिसमेत गरेको थियो ।
समितिले उनलाई कारबाही गर्नुपर्ने सिफारिस गरेको थियो। त्यसअनुसार असार १ गते गृह मन्त्रालयले उनलाई निलम्बन गरेको थियो।निलम्बनमै रहेका एसएसपी पालले राजीनामा दिएसँगै प्रहरी प्रधान कार्यालय नक्सालले स्वीकृतीका लागि गृहमा पठाएको हो।




प्रतिक्रिया