अमेरिकाले ताइवानलाई मिसाइल बेचेपछि चीनले दियो यस्तो चेतावनी


एजेन्सी – अमेरिकाले ताइवानलाई मिसाइल बेचेसंगै चीन अमेरिकाबीचको सम्बन्धमा फेरी तनाव सिर्जना उत्पन्न भएको छ । अमेरिकाले ताइवानलाई ६ सय २० मिलियन डलर मुल्य पर्ने पैट्रियांट एडभान्स कैपिबिलिटी ३ मिसाइल बेच्ने निर्णय गरेसंगै चीनले त्यसको कडा शब्दमा विरोध जनाएको छ ।

साउथ चाइना सी मा अमेरिकाले दुई एयरक्राप्ट कैरियर युद्धाभ्यासमा पठाएसंगै दुवै देशको सम्बन्ध तनावपूर्ण छ । चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले अमेरिकाले ताइवानलाई जति सैन्य उपकरण र हतियार दिएपनि चीनलाई केही फरक नपर्ने चेतवानी दिएको छ ।

ताइवानको रक्षा बजेट केवल ११ बिलियन डलर रहेको छ । उसले एक पटक युद्ध भए केही घण्टामै ताइवानलाई कब्जामा लिन चीन सक्षम भएको चेतावनी समेत दिएको छ । चीनले ताइवानलाई आफ्नो हिस्सा रहेको दावी गर्दै आएको छ ।

ग्लोबल टाइम्सले अमेरिका र ताइवानलाई आगोसंग धेरै नखेल्न समेत भनेको छ । यो क्षेत्रमा एक पटक युद्ध भएको अवस्था चीन राष्ट्रीय संप्रभुताको रक्षाको लागी जस्तोसुकै कदम चाल्न सक्ने चेतावनी समेत उक्त पत्रिकाले दिएको छ ।

अमेरिकाले ताइवानलाई दिएको प्याक ३ मिसाइल दुनियांको सबैभन्दा अत्याधुनिक डिफेन्स सिस्टम हो । यो मिसाइल डिफेन्स सिस्टम दुश्मनको बैलेस्टिक मिसाइल,क्रुज मिसाइल र लडाकू जहाजलाई एक छिनमै मार हानेर खसाल्न सक्ष्ँम छ । सवै मौसमा हान्न सकिने यो मिसाइलको निर्माण लांकहिड मार्टिनले गरेका हुन् । अमेरिकाले २००३ को इराक युद्धको बेला यो मिसाइलको प्रयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement