उपसभामुख पद खारेज गर्न सांसद अमरेश सिंहको माग

उपसभामुख पद खारेज गर्न सांसद अमरेश सिंहको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे । ‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नू,’ उनले भने ।

सिंहले राज्य व्यवस्था समितिका सभापति पद पनि खाली भएकाले तुरुन्त सो पदमा नियुक्त गर्न माग गरेका छन् । यस्तै, उनले सर्लाहीको बरहथवा नगरपालिका–१ मा बागमती नदीले अत्यधिक कटान गरिएकाले यदि समयमै तटबन्ध नगरिए हजारौं नागरिक विस्थापित हुन सक्ने भन्दै उनले तटबन्ध गर्न सरकारसँग माग गरे ।