निलम्बित प्रधानन्यायाधीश जवरालाई महाउज्वल राष्ट्रदीप पदक, अन्य क-कसले पाउँदैछन् ? (सूची)

निलम्बित प्रधानन्यायाधीश जवरालाई महाउज्वल राष्ट्रदीप पदक, अन्य क-कसले पाउँदैछन् ? (सूची)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित पाँच न्यायाधीशलाई पदक दिने भएको छ । गृह मन्त्रालयले गत असोजमा संविधान दिवसका दिन घोषणा गरिएको पदक २०७९ सालको वैशाख १ गते वितरण गर्न लागेको हो ।

वैशाख १ गते पदक पाउनेहरुको सूची गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । उक्त सूचीअनुसार जबराले महा उज्वल राष्ट्रदीप पदक पाएका छन् ।

त्यस्तै, संवैधानिक इजलासमा रहेका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले पनि पदक पाएका छन् । त्यस्तै पूर्वप्रधानमन्त्री स्वर्गिय कृष्णप्रसाद भट्टराईले नेपाल रत्न मानपदवी पाएका छन् ।

पदक पाउनेहरुको सूची यस्तो छः