संविधान दिवसको दिन ९ सय ३ जना विभूषित : पदक पाउनेमा अधिकांश सत्तारुढ दल निकट

संविधान दिवसको दिन ९ सय ३ जना विभूषित : पदक पाउनेमा अधिकांश सत्तारुढ दल निकट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९ सय ३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् । मन्त्रिपरिषदको सिफारीसमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा ९ सय जनाभन्दा बढीलाई पदक प्रदान गरेकी हुन ।

यस पटक सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिइएको छ भने राष्ट्रगौरव विभूषण मन्त्रिपरिषदका पूर्व अध्यक्ष सुवर्णशमशेर र पुर्व प्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय सरकारले गरेको छ ।

यसपटकको पदक पाउनेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी श्रीमती सिता दाहालदेखी प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवरा, मुख्यसचिव शंकरदास वैरागी, विभिन्न मन्त्रालयका सचिवदेखी सत्तारुढ दल निकट पत्रकार,व्यवसायी र कर्मचारी छन् ।

 

पुरा सूची हेर्न यो यहां क्लिक गर्नुहोस् ।