राष्ट्रपति पौडेलद्वारा संसद्को महासचिवमा पाण्डेय नियुक्त

राष्ट्रपति पौडेलद्वारा संसद्को महासचिवमा पाण्डेय नियुक्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को महासचिवमा पदमप्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् ।

पाण्डेयलाई माघ २३ गतेदेखि लागू हुने गरी संघीय संसद्को महासचिव पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ, ‘प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनको संयुक्त सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दिकोट गाउँपालिका–१ पाल्पा जिल्लाका पदमप्रसाद पाण्डेयलाई माघ २३ गतेदेखि लागू हुने गरी संघीय संसद्को महासचिव पदमा नियुक्त गरिएको छ ।’

पाण्डेयले संघीय संसद्को सचिव पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरेको छ ।