परराष्ट्रमन्त्रीको भारत भ्रमणः लिपुलेक र लिम्पियाधुराबारे छलफल गर्ने

परराष्ट्रमन्त्रीको भारत भ्रमणः लिपुलेक र लिम्पियाधुराबारे छलफल गर्ने


काठमाण्डु – परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले भारत भ्रमणका क्रममा भारत र नेपालबीच रहेका सीमा विवादका विषय उठाउने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रमणका क्रममा परराष्ट्रमन्त्रीले सीमा विवादको विषयमा छलफल गर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्त्री माघ १ गते भारत भ्रमणमा जाने जानकारी दिए ।

‘सरकारले नेपाली भूभाग समेटेर नक्सा छापिएको लगायतका विभिन्न विषयमा परराष्ट्रमन्त्रीले भारतसँग छलफल गर्नु हुनेछ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्धलाई व्यवहारिक रुपमा अगाडि बढाउन परराष्ट्रमन्त्रीको भारत भ्रमणले सहयोग गर्नेसमेत बताए । त्यस्तै उनले भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहेको बताएका छन् ।

‘म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु । मित्रता बढाउन चाहन्छु,’ उनले भने, ‘सम्बन्ध नयाँ उचाइमा पु¥याउन चाहन्छु । समानताका आधारमा मनदेखिको मित्रता हुने हो ।’

प्रधानमन्त्री ओलीले भू–भाग हडपिएको थाहा हुँदाहुँदै बोल्न नसक्ने र बाहिर सम्बन्ध राम्रो छ भन्ने विगतमा गरिएकोप्रति असन्तुष्टि जनाएका छन् ।