काठमाण्डु– नेकपा एमालेले संसदीय दल उपनेतामा पद्माकुमारी अर्याललाई मनोनीत गरेको छ।
संसदीय दल नेता रामबहादुर थापा बादलले प्रतिनिधि सभा सांसद एवम् पार्टी सचिव अर्याललाई संसदीय दल उपनेता मनोनीत गरेका हुन् ।
दलको नेताले उपनेता तोक्ने व्यवस्था अनुसार अर्याललाई दलको उपनेता बनाइएको हो ।
प्रतिनिधि सभामा एमालेका २५ जना सांसद रहेका छन् ।




प्रतिक्रिया