ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस्, गैंडासँग नलोभिनुस्ः पद्मा अर्याल

ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस्, गैंडासँग नलोभिनुस्ः पद्मा अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखरा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको गेटदेखि नै झल्किनुपर्ने बताएकी छन् ।

नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागले शनिबार पोखरामा आयोजना गरेको ‘आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक प्रगति समीक्षा गोष्ठी’ बोल्दै मन्त्री अर्यालले आफ्नो व्यवस्थापकीय क्षमता के हो भनेर गेटदेखि नै झल्किनेगरी काम गर्न कर्मचारीलाई आग्रह गरेकी हुन् । ‘जनताले मालपोत र नापी सुध्रिएछन् भन्ने देखिने गरी काम गर्नुहोस्’, उनले भनिन् ।

मन्त्री अर्यालले कर्मचारीलाई कमजोर मनस्थिन नबनाउन आग्रह गर्दै सेवाभावका साथ प्रस्तुत हुन निर्देशन दिइन् । जागिरे मानसिकताबाट माथि उठेर निस्वार्थरुपमा काम गरे डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

‘तपाईंहरु जो पवित्र हुनुहुन्छ डराउनुपर्दैन । गल्ती नगरेकालाई अख्तियारले लगेको छैन । प्रमाणै फेला परेपछि त के गर्नु त ?,’ उनले भनिन्, , ‘काम ढिलो गरेर पैसा लिन्छन् भन्छन् । यदि हो भने त्यस्तो गर्नुभएन । परिवर्तनको अनुभूति तपाईंहरूको टेबुलबाटै देखिने हो ।’ राम्रो काम गर्ने कर्मचारीको संरक्षण गरिने भन्दै उनले बिनाकारण कसैलाई पनि अन्यायमा नपारिने बताइन् ।

काम गर्ने क्रममा ठूला मुन्द्रा लगाउने विभिन्न व्यक्तिहरूसँग नडराउन समेत मन्त्री अर्यालले आग्रह गरिन् । प्रलोभनमा नपरी राष्ट्र र जनताको सेवामा समर्पित हुननिर्देशन दिँदै उनले भनिन, ‘ठूल्ठूला मुन्द्रा लाउनेसँग नडराउनुस् । गैंडासँग नलोभिनुस्, इमान्दार भएर सेवामा समर्पित हुनुहोस् ।’