अबको पालो महिला प्रधानमन्त्रीः मन्त्री अर्याल

अबको पालो महिला प्रधानमन्त्रीः मन्त्री अर्याल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कृृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले एसिड आक्रमण गरी बालिका, महिलाको जीवन बर्बाद गरिदिने अपराधीलाई कारबाही गर्नका निम्ती सरकारले कडा कानुन निर्माण गरेको बताएकी छन् ।

१११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा सामुदायिक वन उपभोक्ता महासंघले सोमबार काठमाण्डुमा आयोजना गरेको ‘प्राकृतिक स्रोत व्यवस्थापनमा महिलाको योगदान’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

विश्वका महिलाहरु धेरै अगाडी बढिरहँदा अहिलेपनि नेपालका महिलाहरु विशेषगरी किशोरीहरु असुरक्षित रहेको भन्दै उनले विभिन्न निहुँमा किशोरीमाथी एसिड प्रहार गर्ने र उनीहरुको जीवन कुरुप बनाइदिने अपराधीलाई कारबाही गर्नका निम्ती सरकारले कडा कानुनको व्यवस्था गरेको बताइन् ।

‘एसिड छर्किएर हाम्रा किशोरी, महिलाहरुको जीवन बर्बाद पार्ने । जीवनभर कुरुप बनाइदिने घटनाहरु बढ्दै गए । हामीसँग एसीडसम्बन्धी कानुन रहेनछ, मन्त्री अर्यालले भनिन्, ‘त्यसकारण सरकारले क्षतीअनुसारको कडाभन्दा कडा सजाय हुनेगरी अपराधीलाई कारबाही गर्न कडा कानुनको व्यवस्था गरेको छ । सँगै पीडितको शिक्षा, स्वास्थ्यको सरकारले जिम्मा लिनेगरी कानुन निर्माण भएको छ।’

३ वर्षको बालिका देखी ७० वर्षका बृद्धसम्म बलात्कारको सिकार हुनेगरेको भन्दै उनले त्यस्ता बलात्कारीलाई कारबाही गर्नका निम्ती सरकारले कानुन निर्माण गरेको बताइन । उनले भनिन्, ‘बालिकाहरु देखी ७० वर्षसम्मका हाम्रा आमाहरु असुरक्षित छन् । यस्ता कुराहरु सुन्न नसकिने कुरा हो । त्यसैले सरकारले ती पिपाशुहरुलाई कारबाही गर्न जन्मकैदको व्यवस्थासहितको कानुन निर्माण गरेका छौ ।’

समान कामको समान ज्याला पाउनुपर्छ, महिलाले मताधिकार पाउनुपर्छ भन्ने अभियानबाट शुरु भएको महिला आन्दोलन आज नेपालमा महिला राष्ट्रपति बनाउन सक्ने अवस्थासम्म आएको भन्दै मन्त्री अर्यालले अझै थुर्पै उपलब्धीहरु हासिल गर्न बाँकी रहेको बताइन् । प्राप्त उपलब्धीको रक्षा गर्दै थप उपलब्धी हासिल गर्नका निम्ती अगाडी बढ्नुपर्ने उनको भनाई थियो । ‘यत्तिले हामीलाई पुग्दैन ।

प्राप्त उपलब्धीमा गर्व गर्दै थप उपलब्धी हासिल गर्न अगाडी बढौ’, उनले भनिन्, ‘अग्रजहरुको योगदानले तपाईहामी यो स्थानमा पुग्न सफल भएका छौ । सहभागीताबाट शुरु भएको अभियान हो यो, तर गन्तव्य समानता हो ।’ सहभागिताबाट शुरु भएको अभियान सबै क्षेत्रमा महिलाको पूर्ण समानता नभएसम्म निरन्तर अगाडी बढ्ने उनको भनाई थियो ।

राजनीति सँगै सबै निकायमा महिला सहभागिता बढाउने कुरामा केन्द्रित हुन आवश्यक रहेको भन्दै मन्त्री अर्यालले सांसद्, राष्ट्रपति हुँदै अब प्रधानमन्त्री महिला बनाउने खोजीमा रहेको बताइन् ।

‘महिला आन्दोलन सहभागीताबाट शुरु भएको हो, तर हाम्रो गन्तव्य समानता नै हो । राष्ट्रपति बनायौं, अब पहिलो महिला प्रधानमन्त्री बनाउने खोजीमा हो हाम्रो आन्दोलन’, उनले भनिन्, ‘सांसदहरु समानुपातिकमा मात्र होइन प्रत्यक्ष निर्वाचित महिला/पुरुष बराबरी संख्यामा पु¥याउने हाम्रो अभियान हो ।’ अब सबै क्षेत्रमा समानतामा जानका निम्ती अबको महिला आन्दो्लन केन्द्रित हुनुपर्ने उनको भनाई थियो ।