व्यक्तिले हडपेको जग्गामा मन्त्री अर्यालले गाडिन् सरकारी बोर्ड

व्यक्तिले हडपेको जग्गामा मन्त्री अर्यालले गाडिन् सरकारी बोर्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले व्यक्तिले हडपेको जग्गामा सरकारी बोर्ड गाडेकी छन् ।

आइतबार काठमाडौं महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा मन्त्री अर्याल आफैले सरकारी साइन बोर्ड गाडेकी हुन् ।

सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा नछोड्ने बताउँदै उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा पनि बोर्ड गाडेरै छाड्ने बताइन् ।

उनले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको बनाउन दुषित मनसायले आँखा लगाउने कुरा सैह्य नहुने भन्दै अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको जानकारी दिइन् ।

डिल्लीबजार मालतपोत कार्यालय अन्तर्गत रहेका सरकारी जग्गा एकिन भएको र अन्य ४ वटा वडाहरुमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको उनले जानकारी दिइन् ।

मन्त्रालयले आइतबार काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल ५ हजार ३ सय ४७ दशमलव ५१ वर्ग किलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखिएको हो ।