एम्बुलेन्सको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका हवल्दारको मृत्यु

एम्बुलेन्सको ठक्करबाट ड्युटीमा रहेका सशस्त्रका हवल्दारको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली – कैलालीमा एम्बुलेन्सको ठक्करबाट सशस्त्र प्रहरीका एक जना हवल्दारको मृत्यु भएको छ ।

कैलालीको गौरीगंगा नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गमा ऐम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार सशस्त्र प्रहरी हवल्दार गोरख ऐरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतका अनुसार से १ च १८२८ एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिएको थियो । उनी पहलमानपुरमा कार्यरत थिए । उनी लकडाउनको ड्युटीकै क्रममा थिए । एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ ।