पहिलो हाफमा ब्राजिल र क्रोएसियाको बराबरी

पहिलो हाफमा ब्राजिल र क्रोएसियाको बराबरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो खेलमा अहिले क्रोएसिया र ब्राजिलबीच प्रतिस्पर्धा भईरहेको छ ।

एजुकेसन सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा ब्राजिल र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन् । साविक उपविजेता क्रोएसिया ब्राजिललाई हराएर अन्तिम चारको यात्रा तय गर्न चाहन्छ ।

राउण्ड अफ १६ मा क्रोएसियाले जापानलाई हराएको थियो । यता, पाँच पटकको च्याम्पियन ब्राजिल पनि जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेको छ ।

ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो ।