संखुवासभा – संखुवासभामा पहिरोले एउटा गाउँ नै बगाएको छ । जिल्लाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा वर्षासँगै आएको पहिराले सात घर बगाएको ।
गए राति आएको पहिराले बेसिन्दा गाउँका घर पहिराले बगाएर बेपत्ता भएको गाउँपालिका अध्यक्ष रामबहादुर कुलुङले जानकारी दिए।
पहिरोले बगाएर ११ जना बेपत्ता भएका छन् । ३ जनालाई जवितै उद्धार गरिएको छ । घटनास्थलमा प्रहरी जाँदै गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
पहिरोले घर बगाउँदा स्थानीय जुद्धबहादुर माने र उनकी आमा, सन्दीप कुलुङ र उनका बुवा–आमा, जुद्धबहादुर गैरी, राममान कुलुङ र उनकी आमासहित ६ घरका ११ जना बेपत्ता भएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।
पहिराका कारण वडा कार्यालय र स्वास्थ्यचौकी भवनमा समेत क्षति पुगेको छ । अहिले पनि त्यस क्षेत्रमा लगातार पानी परिरहेका कारण उद्धारमा कठिनाइ भएक छ ।
सदरमुकामबाट नेपाली सेना र सशस्त्र प्रहरीको अर्को टोली पनि घटनास्थल जाने तयारी गरेको उनले जानकारी दिए ।




प्रतिक्रिया