पहिरोले ओखलढुंगामा एक जनाको मृत्यु, लमजुङमा चार बेपत्ता

पहिरोले ओखलढुंगामा एक जनाको मृत्यु, लमजुङमा चार बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-ओखलढुंगामा पहिरोले घर गोठ पुरिदा एक जनाको मृत्यु भएको छ ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ५ स्थित थुम्की बस्ने वर्ष ३९ को बाबुराम खत्रीको घर र गोठ पुरिएर एक जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा खत्रीकी श्रीमती ३५ वर्षीया देवकुमारी खत्री छन् । घर पुरिंदा खत्री र उनकी १८ वर्षीया मेनुका खत्री घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

पहिरोको जोखिममा रहेका स्थानीयलाई सतर्क गराइएको प्रहरीको भनाइ छ ।
यस्तै, लमजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । क्व्होलासोथार गाउँपालिका–३ मा मंगलबार राति पहिरो गएर तीनवटा घर बगाएको र चार जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । अन्य एकजना घाइते अवस्थामा फेला परेका छन्।

पहिरोले रुद्रमान गुरुङ, उनका बुहारी पञ्चकुमारी गुरुङ, पञ्चकुमारीका २ छोरीहरू इच्छा र नम्रता बेपत्ता भएको जनाइएको छ ।

आज बिहान पहिरोले घर बगाएको जानकारी पाउनासाथ सुरक्षाकर्मीको टोली घटनास्थल गएको प्रहरीले जनाएको छ । उद्धारका लागि नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थल तर्फ गएको जनाइएको छ ।