पहिरोमा परी कास्कीमा दुई बालबालिकाको मृत्यु

पहिरोमा परी कास्कीमा दुई बालबालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-पहिरोमा परी कास्कीमा दुई बालबालिकाको मृत्यु भएको छ ।

मादी गाउँपालिका–५ तितेपानीका प्रकाश रानाभाटकी १३ वर्षीया छोरी आयुश्मा रानाभाट र पोखरा महानगर–२७ आरुपाटाका हरि सुनारका तीन वर्षका छोरा अनमोल सुनारको पहिरोमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

गएराति तितेपानीका प्रकाश रानाभाटको घरपछाडिको ढिस्को खसेर हजुरआमासँगै सुतेकी आयुश्माको मृत्यु भएको हो । हजुरआमा ७० वर्षीया लालमायालाई सकुशल उद्धार गरिएको छ ।

त्यस्तै आरुपाटाका हरि सुनारको घर पुरिँदा छोरा अनमोलको मृत्यु भएको हो । पहिरोमा परी हरिकी श्रीमती २७ वर्षीया रितु सुनार घाइते भएकी हुन् । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हरि सुनार र छोरी ९ वर्षकी अञ्जलीको सकुशल उद्धार गरिएको छ ।